पत्रकार महासंघमा इ–लाइब्रेरी सुरु

पाेखरा | असोज १४, २०७९

पत्रकार महासंघमा इ–लाइब्रेरी सुरु

पोखरा:

नेपाल पत्रकार महासंघ कास्कीमा इ–लाइब्रेरी तथा स्रोत केन्द्रको शुभारम्भ भएको छ । कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा शुक्रबारदेखि लाइबे्ररीको शुभारम्भ भएको हो । 

 

इ–लाइब्रेरीको गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले शुभारम्भ गरे ।

 

थापाले इ–लाइब्रेरीबाट पत्रकारलाई अध्ययन गरेर समाचार लेख्न सहज हुने बताए । ‘पत्रकारलाई अध्ययन गरेर लेख्ने बानीको विकास र रिखापन ल्याउनेछ,’ उनले भने, ‘डिजिटल प्रविधिको विकास गराउनको लागि लाइब्रेरी लगायत अन्य काममा प्रदेश सरकार सधै साथमा रहनेछ ।’ उहाँका अनुसार ई–लाइबे्ररीको लागि २५ लाख रुपैयाँ मन्त्रालयबाट विनियोजन भएको छ । 

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले पत्रकारलाई लाइब्रेरीको महत्व अति नै हुने गरेको बताए । ‘पत्रकार पुस्तक पढ्नै पर्छ । पुस्तक पढ्ने बानीको विकास ग¥यौ भने लेख्न सहज हुन्छ,’ उनले भने, ‘सबैको मेहनतले आज पुस्तकालय राख्न सफल भयौं । अब यसलाई सदुपयोग गरौं ।’ नेपाल पत्रकार महासंघ कास्कीका सल्लाहकार दिपेन्द्र श्रेष्ठले लामो समयदेखिको सपना बल्ल पूरा भएको बताए । ‘म अध्यक्ष हुँदा खेरी सुरु भएको पहल यो कार्यसमितिले मूर्त रुप दिएको छ । यसको सदुपयोग गरौं, ’ उनले भने ।

 

पत्रकार महासंघका पूर्व अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पुराना तथ्यांकहरु पाइने हुँदा समाचारको मुख्य स्रोत पुस्तकालय रहेको बताए ।   महासंघ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाइ बजारमा बिकेका र रुचाइएका पुस्तकहरु समावेश गर्नुपर्ने सुझाव दिए ।

 

महासंघका सल्लाहकार केशवशरण लामिछानेले पत्रकारलाई चाहिने पुस्तक सबै समावेश गर्न नसकिएको बताए ।

 

उनका अनुसार इ–लाइब्रेरीमा ७ सय थरीका पुस्तकहरु छन् । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।  

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्